भजनसंग्रह66

सङ्गीत निर्देशकको निम्ति, एक गीत; एक भजन।

1हे सारा पृथ्वी, आनन्दसाथ परमेश्‍वरको जयजयकार गर!2उहाँको नामको महिमा गर;र उहाँको प्रशंसा महिमामय बनाओ।3परमेश्‍वरलाई भन, “तपाईंका कार्यहरू कति अद्‌भुत छन्!तपाईंको शक्ति यति महान् छकि तपाईंको अगि तपाईंका शत्रुहरू निहुरिन्छन्।4सारा पृथ्वी तपाईंको सामु झुक्छ;तिनीहरूले तपाईंको निम्ति प्रशंसा गाउँछन्,तिनीहरूले तपाईंको नामको गीत गाउँछन्।” सेला
5आओ र परमेश्‍वरले गर्नुभएका कामहरू हेर;मानिसहरूको निम्ति उहाँका अद्‌भुत कार्यहरू!6उहाँले समुद्रलाई सुक्खा भूमिमा बदल्नुभयो,तिनीहरूले पैदलै सुक्खा नदी तरे—आओ, हामी उहाँमा आनन्द मनाऔँ।7परमेश्‍वरले आफ्नो शक्तिद्वारा सदासर्वदा शासन गर्नुहुन्छ;उहाँको आँखाले राष्ट्रहरूलाई हेर्नुहुन्छ—तपाईंको विरुद्धमा तपाईंका विद्रोहीहरू उठ्न नसकून्। सेला
8हे सबै जाति-जातिहरू हो, हाम्रा परमेश्‍वरलाई प्रशंसा गर,उहाँलाई चढाइएको प्रशंसाको आवाज सुनियोस्;9उहाँले हामीलाई जीवित राख्नुभएको छ,र हाम्रा खुट्टाहरूलाई चिप्लन दिनुभएको छैन।10किनकि हे परमेश्‍वर, तपाईंले हामीलाई जाँच गर्नुभयो;तपाईंले हामीलाई चाँदीलाई जस्तै खार्नुभयो।11तपाईंले हामीलाई कैदमा पार्नुभयो;र हाम्रो ढाडमा गह्रौँ भारी बोकाउनुभयो।12तपाईंले हाम्रो शिरमाथि मानिसहरूलाई सवार गर्न दिनुभयो;हामी आगो र पानीद्वारा भएर गयौँ;तर तपाईंले हामीलाई प्रशस्तताको ठाउँमा ल्याउनुभयो।
13म तपाईंको मन्दिरमा होमबलि सहित आउनेछु;र तपाईंसँग गरेका मेरा भाकलहरू पूरा गर्नेछु।14जब म सङ्कष्‍टमा थिएँ,मेरा ओठले प्रतिज्ञा गरेका र मेरो मुखले बोलेका भाकलहरू म पूरा गर्नेछु।15म तपाईंलाई मोटा पशुहरूको बलिदान चढाउनेछु;र भेडाहरूको भेटी चढाउनेछु;म बहरहरू र बोकाहरू चढाउनेछु। सेला
16हे परमेश्‍वरको भय मान्‍नेहरू हो, सबै आओ र सुन;उहाँले मेरो निम्ति के गर्नुभएको छ, सो म तिमीहरूलाई बताउनेछु।17मेरो मुखले उहाँलाई सहायताको निम्ति पुकारेँ;उहाँको प्रशंसा मेरो जिब्रोमा थियो।18यदि मेरो हृदयमा मैले पापलाई ठाउँ दिएको भए,प्रभुले मेरो बिन्ती सुन्‍नुहुने थिएन;19तर परमेश्‍वरले साँच्‍चै नै सुन्‍नुभएको छ;र उहाँले मेरो प्रार्थना सुन्‍नुभएको छ।20परमेश्‍वरलाई प्रशंसा होस्,जसले मेरो प्रार्थना इन्कार गर्नुभएको छैन,वा मबाट उहाँको अचुक प्रेम रोक्नुभएको छैन!