भजनसंग्रह17

दावीदको प्रार्थना।

1हे याहवेह मेरो पुकारलाई सुन्‍नुहोस्,मेरो पुकार उचित छ;निष्कपट ओठहरूबाट निस्केकामेरो प्रार्थनामा कान लगाउनुहोस्।2मेरो निर्दोषता तपाईंबाट ठहरिएको होस्;तपाईंका आँखाहरूले जे सही छ, त्यही देखून्।
3यदि तपाईंले मेरो हृदय जाँच्नुभयो भने,राति आएर मलाई जाँच गर्नुभए तापनितपाईंले मभित्र केही पनि दुष्‍ट योजना भेट्टाउनुहुनेछैन;मैले संकल्प गरेको छु, मेरो ओठले पाप गर्नेछैन।4यद्यपि मानिसहरूले मलाई घूस दिन खोज्छन्;तपाईंको मुखबाट निस्केका आज्ञाद्वारामैले आफूलाई हिंसाको मार्गबाट जोगाइराखेको छु।5मेरा पाइलाहरू तपाईंका मार्गमा चलेका छन्;मेरा पाउहरू चिप्लेका छैनन्।
6हे परमेश्‍वर, म तपाईंलाई पुकार्छु; किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ;तपाईंको कान मतिर लगाउनुहोस्, र मेरो बिन्ती सुन्‍नुहोस्।7तपाईंको अचुक प्रेमको अद्‌भुत कार्यहरू देखाउनुहोस्;तपाईंमा शरण लिनेहरूलाई तिनीहरूका वैरीहरूबाटतपाईं आफ्नो दाहिने बाहुलीले बचाउनुहुन्छ।8मलाई तपाईंको आँखाको नानीलाई झैँ रक्षा गर्नुहोस्;तपाईंको पखेटाको छायामा मलाई लुकाउनुहोस्,9मलाई नष्‍ट पार्न आइलाग्ने दुष्‍टहरूबाट,मलाई घेरेर मार्न चाहने घातक शत्रुहरूबाट बचाउनुहोस्।
10तिनीहरूले आफ्ना निर्दयी हृदय बन्द गरेका छन्,र तिनीहरूका मुखले घमण्डका कुरा गर्दछन्।11मलाई तिनीहरूले खोजी-खोजी निकालेर चारैतिर घेरेका छन्;मलाई जमिनमा पछार्नलाई तिनीहरू दाउ हेर्दछन्।12तिनीहरू शिकारको निम्ति भोकाएको सिंहझैँ छन्,तिनीहरू एउटा डरलाग्दो सिंहझैँ झाडीमा ढुकिबस्छन्।
13हे याहवेह, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्;तिनीहरूलाई पराजित गरिदिनुहोस्;आफ्नो तरवारले मलाई दुष्‍टहरूबाट बचाउनुहोस्।14हे याहवेह, जसको पुरस्कार यस संसारको जीवनकालमा सीमित छ,संसारका यस्ता मानिसहरूबाट तपाईंको बाहुलीले मलाई बचाउनुहोस्।तपाईंले साँचेर राख्नुभएका थोकहरूले दुष्‍टहरूको पेट भरिएको होस्;तिनीहरूका छोराछोरीहरूले प्रशस्त खानेकुरा हसुरून्,र तिनीहरूका आफ्ना भावी छोराछोरीहरूका लागि पनि प्रशस्त रहोस्।
15तर मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु;जब म बिउँझन्छु, तब तपाईंको मुहारको दर्शन गरेर म सन्तुष्‍ट हुनेछु।