भजनसंग्रह138

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1हे याहवेह, सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु;“देवताहरूका” सामु म तपाईंको प्रशंसाको गीत गाउनेछु।2म तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु;अनि तपाईंको अचुक प्रेम र विश्‍वसनीयताको निम्तितपाईंको नामको प्रशंसा गर्नेछु;किनकि तपाईंले आफ्नो आदेश यति उच्‍च पार्नुभयो कि,यसले तपाईंको प्रसिद्धिलाई पनि पार गर्दछ।3जब मैले पुकारेँ, तपाईंले मलाई जवाफ दिनुभयो;तपाईंले मलाई बल दिएर ज्यादै साहसी बनाउनुभयो।
4हे याहवेह, तपाईंका आदेशहरू सुनेर,यस पृथ्वीका सम्पूर्ण राजाहरूले तपाईंको प्रशंसा गरून्।5तिनीहरूले याहवेहका मार्गहरूको जयजयकार गरून्;किनकि याहवेहको महिमा महान् छ।
6याहवेह उच्‍चमा हुनुभए तापनि उहाँले नम्रहरूमाथि दयाले हेर्नुहुन्छ;तर अहङ्कारीहरूलाई भने उहाँले टाढैबाट चिन्‍नुहुन्छ।7म सङ्कष्‍टको बीच भएर हिँड्नुपरे तापनितपाईंले मेरो जीवनको रक्षा गर्नुहुन्छ;मेरा वैरीहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढाउनुहुन्छ;र तपाईंको दाहिने हातले मलाई बचाउनुहुन्छ।8याहवेहले मलाई निर्दोष प्रमाणित गर्नुहुनेछ;हे याहवेह, तपाईंको अचुक प्रेम, सदासर्वदा रहिरहन्छ;तपाईंका हातका कामहरूलाई नत्याग्नुहोस्।