भजनसंग्रह126

आरोहणको गीत।

1जब याहवेहले निर्वासितहरूलाई सियोनमा फर्काएर ल्याउनुभयो,यो त सपनाजस्तो थियो।2त्यस बेला हाम्रा मुहारहरू हाँसोले भरिए;हाम्रा जिब्राहरू हर्षका गीतले भरिए।तब जाति-जातिहरूका बीच यसो भनियो,“याहवेहले तिनीहरूका निम्ति महान् कार्यहरू गर्नुभएको छ।”3याहवेहले हाम्रा निम्ति महान् कार्यहरू गर्नुभएको छ,र हामी आनन्दले भरिएका छौँ।
4हे याहवेह, दक्षिण देशका पानीका मुहानहरूझैँ,निर्वासितहरूलाई स्थापित गरिदिनुहोस्!5जसले आँसु बहाउँदै बिउ छर्दछन्,तिनीहरू हर्षका गीत गाउँदै कटनी गर्नेछन्।6जो रुँदै-रुँदै बिउ बोकेरछर्नको लागि बाहिर जान्छन्,तिनीहरू हर्षका गीत गाउँदैअन्‍नका बिटाहरू बोकेर फर्कनेछन्।