भजनसंग्रह124
दावीदको आरोहणको गीत।
1यदि याहवेह हाम्रो पक्षमा नहुनुभएको भए—इस्राएलले भनोस्—2मानिसहरूले हामीलाई आक्रमण गर्दा,याहवेह हाम्रो पक्षमा नहुनुभएको भए;3तिनीहरूका क्रोध हाम्रो विरुद्ध दन्केको बेला,तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए;4उर्लिआएको बाढीले हामीलाई डुबाउनेथियो;अनि भल उर्लेर हामीलाई बगाउने थियो।5उर्लंदो पानीलेहामीलाई बगाएर टाढा लैजानेथियो।6याहवेहलाई प्रशंसा होस्,जसले हामीलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन।7शिकारीको पासोबाट चरा उम्केझैँ,हामी उम्केका छौँ;तिनीहरूको पासो छिनियो,र हामी उम्कियौँ।8स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने,याहवेहको नाममा हाम्रो सहायता छ।