भजनसंग्रह115

1हाम्रो होइन, हे याहवेह, हाम्रो होइन,तर तपाईंको अचुक प्रेम र विश्‍वसनीयताको कारण,तपाईंकै नामको महिमा होस्!
2राष्ट्रहरूले किन यसो भन्छन्,“तिनीहरूका परमेश्‍वर कहाँ छन्?”3हाम्रा परमेश्‍वर स्वर्गमा हुनुहुन्छ;उहाँले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ।4तर तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्,जसलाई मानिसहरूका हातहरूले बनाएका हुन्।5तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्;आँखा त छन्, तर देख्न सक्दैनन्;6तिनीहरूका कान त छन्, तर सुन्‍न सक्दैनन्;नाक त छन्, तर सुँघ्न सक्दैनन्;7हात त छन्, तर स्पर्श गर्न सक्दैनन्;खुट्टा त छन्, तर हिँड्न सक्दैनन्;न त तिनीहरू आफ्ना गलाबाट कुनै आवाज नै निकाल्न सक्दछन्।8मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्;तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्।
9हे सारा इस्राएलीहरू हो, याहवेहमा भरोसा गर—उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।10हे हारूनका घराना हो, याहवेहमा भरोसा गर—उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।11याहवेहसँग डराउनेहरू हो, उहाँमा भरोसा गर—उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
12याहवेहले हामीलाई सम्झनुहुन्छ, र हामीलाई आशिष् दिनुहुनेछ;उहाँले आफ्ना प्रजा इस्राएललाई आशिष् दिनुहुनेछ;उहाँले हारूनको घरानालाई आशिष् दिनुहुनेछ।13उहाँको डर मान्‍ने साना र ठूला सबैलाईयाहवेहले आशिष् दिनुहुनेछ।
14याहवेहले तिमीहरूलाई वृद्धि गरून्,तिमीहरू र तिमीहरूका सन्तानहरूलाई।15याहवेहले तिमीहरूलाई आशिष् देऊन्,जो आकाश र पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ।
16सर्वोच्‍च स्वर्ग याहवेहकै हो,तर पृथ्वीचाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ।17मृतकहरूले याहवेहको प्रशंसा गर्दैनन्;चिर निन्द्रामा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्;18तर हामी त अहिले र सदासर्वदा नैयाहवेहको स्तुति गर्दछौँ।याहवेहको प्रशंसा गर!