भजनसंग्रह104

1हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!हे याहवेह, मेरा परमेश्‍वर, तपाईं अति महान् हुनुहुन्छ;तपाईंले वैभव र प्रतापको पोशाक पहिरनुभएको छ।
2पोशाक पहिरेझैँ उहाँले आफूलाई ज्योतिले ढाक्नुभएको छ;उहाँले आकाशलाई पालझैँ तन्काउनुभएको छ;3उहाँले आफ्नो माथिल्‍लो कोठाका दलिनहरू पानीमाथि बसाल्नुभएको छ।उहाँले बादललाई आफ्ना रथ बनाउनुहुन्छ;र उहाँ बतासका पखेटामा सवार हुनुहुन्छ।4उहाँले बतासलाई आफ्ना दूत,र आगोका ज्वालालाई आफ्ना सेवक बनाउनुहुन्छ।
5उहाँले पृथ्वीलाई त्यसको जगमा बसाल्नुभयो;त्यो कहिल्यै डगमगाउनेछैन।6तपाईंले त्यसलाई वस्त्रले झैँ गहिरो पानीले ढाक्नुभयो;पानी पर्वतहरूमाथि पुगेको थियो।7तर तपाईंको हप्कीमा पानी भागे,तपाईंको गर्जनको सोरमा ती तुरुन्तै हटेर गए;8पर्वतहरू खडा भए र तल बेँसीहरू देखा परे,तपाईंले तिनीहरूलाई तोकिदिनुभएको ठाउँमा ती बनिए।9पानीले फेरि पृथ्वीलाई नडुबाओस् भनीतपाईंले त्यसले नाघ्न नसक्ने सिमाना राखिदिनुभयो।
10उहाँले खोल्साहरूमा पानीका मूलहरू फुटाउनुहुन्छ;ती पर्वतका बीच भएर बग्दछन्।11तिनीहरूले मैदानका सबै जीवजन्तुलाई पानी दिन्छन्;अनि जङ्गली गधाहरूले पनि आफ्नो तिर्खा त्यहीँ मेटाउँछन्।12आकाशका चराचुरुङ्गीहरूले त्यसकै छेउमा आफ्ना गुँड बनाउँछन्;हाँगाहरूका बीचमा तिनीहरू गीत गाउँछन्।13उहाँले आफ्ना उच्‍च कक्षबाट पर्वतहरूमा पानी बर्साउनुहुन्छ;उहाँको कामका फलबाट पृथ्वी तृप्‍त हुन्छ।14उहाँले गाईबस्तुका निम्ति घाँस,र मानिसले खेतबारीमा परिश्रम गरोस् भनी बोटबिरुवा उमार्नुहुन्छ;र जमिनबाट आहारा ल्याउनुहुन्छ।15मानिसका हृदय हर्षित पार्नलाई दाखमद्य,त्यसको मुख चहकिलो पार्नलाई तेल,र त्यसको हृदय बलियो तुल्याउनलाई उहाँले रोटी दिनुहुन्छ।16याहवेहका रूखहरूर उहाँले लगाउनुभएका लेबनानका देवदारुका रूखहरूले पर्याप्‍त पानी पाउँछन्।17त्यहाँ चराहरूले आफ्ना गुँड लगाउँछन्;सारसले पनि सल्‍लाका रूखहरूमा आफ्नो गुँड बनाउँछ।18अग्ला पर्वतहरू जङ्गली बाख्राहरूका निम्ति हुन्;पहराहरू खरायोहरूका निम्ति शरणस्थान हुन्।
19ऋतु छुट्ट्याउन उहाँले चन्द्रमा बनाउनुभयो;सूर्यले आफ्नो अस्ताउने बेला जान्दछ।20तपाईंले अँध्यारो ल्याउनुहुन्छ, र रात पर्छ;र सबै जङ्गली पशुहरू निस्किआउँछन्।21सिंहहरू आफ्ना शिकारका निम्ति गर्जन्छन्र तिनीहरूले परमेश्‍वरबाट आफ्ना आहारा खोज्छन्।22सूर्य उदाउँदा ती जङ्गली पशुहरू गइहाल्छन्;तिनीहरू आफ्ना ओडारमा फर्कन्छन् र आराम गर्छन्।23तब मानिसहरू आफ्ना काममा जान्छन्,र साँझसम्म परिश्रम गर्छन्।
24हे याहवेह, तपाईंले कति धेरै जीवित प्राणीहरू बनाउनुभएको छ!ती सबै तपाईंले आफ्ना बुद्धिले बनाउनुभएको छ;पृथ्वी तपाईंको सृष्‍टिले भरिपूर्ण छ।25त्यहाँ विशाल र फराकिलो समुद्र छ,जसमा अनगन्ती जीवजन्तुहरू छन्—साना र ठूला दुवै किसिमका जीवित प्राणीहरू त्यहाँ छन्।26त्यसमाथि जहाजहरू ओहोर-दोहोर गर्दछन्;त्यहाँ लिव्यातन छ, जसलाई त्यहाँ खेल्नलाई तपाईंले बनाउनुभयो।
27ठिक समयमा आफ्ना आहारा पाउने आशालेतिनीहरू सबैले तपाईंको बाटो हेर्छन्।28जब तपाईंले त्यो तिनीहरूलाई दिनुहुन्छ,तब तिनीहरूले त्यो बटुल्छन्;जब तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ,तिनीहरू उत्तम पदार्थहरूले तृप्‍त हुन्छन्।29जब तपाईंले आफ्ना मुहार लुकाउनुहुन्छ,तिनीहरू भयभीत हुन्छन्;जब तपाईंले तिनीहरूको सास लिनुहुन्छ,तिनीहरू मर्छन् र माटोमा फर्किजान्छन्।30जब तपाईंले आफ्नो आत्मा  पठाउनुहुन्छ,तब तिनीहरूको सृष्‍टि हुन्छ;र तपाईंले पृथ्वीको रूपलाई नयाँ तुल्याउनुहुन्छ।
31याहवेहको महिमा सदासर्वदा रहिरहोस्;याहवेह आफ्ना कार्यहरूमा प्रसन्‍न होऊन्—32उहाँले पृथ्वीलाई हेर्नुहुन्छ, र त्यो थरथरी काम्दछ;उहाँले पर्वतहरूलाई छुनुहुन्छ, र तीबाट धुवाँ निस्कन्छ।
33म मेरो जीवनभरि याहवेहको भजन गाइरहनेछु;म बाँचुन्जेल परमेश्‍वरको प्रशंसा गाउनेछु।34जब म याहवेहमा आनन्दित हुन्छु;मेरो ध्यान उहाँलाई मनपर्दो होस्।35तर पापीहरू पृथ्वीबाट नाश भएर जाऊन्,र दुष्‍टहरू रहँदै नरहून्!हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!याहवेहको प्रशंसा गर्!