नहेम्याह12
पुजारीहरू र लेवीहरू
1शालतिएलका छोरा यरुबाबेल र येशूआसित कैदबाट फर्कने पुजारीहरू र लेवीहरू यिनै थिए:सरायाह, यर्मिया, एज्रा,2अमर्याह, मल्लूक, हत्तूश,3शकन्याह, रेहूम, मरेमोत,4इद्दो, गिन्नतोन, अबीयाह,5मिय्यामीन, मअद्याह, बिल्गा,6शमायाह, यहोयारीब, यदायाह,7सल्लू, आमोक, हिल्कियाह र यदायाह।
येशूआको समयमा पुजारीहरू र तिनीहरूका सहयोगीहरूका अगुवाहरू यिनीहरू नै थिए।8लेवीहरू यिनीहरू नै थिएः येशूआ, बिन्नूई, कदमिएल, शेरेबियाह, यहूदा र मत्तन्याह, जो तिनका सहयोगीहरूसित धन्यवादी गीतहरूका जिम्मेवार थिए।9तिनीहरूका सहयोगीहरू उन्नी र बक्बुक्याह सङ्गीत सेवाहरूमा तिनीहरूको सामु उभिन्थे।10येशूआ योयाकीमका पिता थिए, योयाकीम एल्यासीबका पिता थिए, एल्यासीब यहोयादाका पिता थिए।11यहोयादा जोनाथनका पिता थिए, अनि जोनाथन यद्दूआका पिता थिए।12योयाकीमको समयमा यिनै पुजारी परिवारहरूका अगुवाहरू थिए:
सरायाहका परिवारका मरायाह; यर्मियाका हनन्याह;13एज्राका मशुल्लाम; अमर्याहका येहोहानान;14मल्लूकका जोनाथन; शकन्याहका योसेफ;15हारीमका अदना; मरायोतका हल्कै;16इद्दोका जकरिया; गिन्नतोनका मशुल्लाम;17अबीयाहका जिक्री; मिन्यामीन र मोअद्याहका पिल्तै;18बिल्गाका शम्मूआ; शमायाहका यहोनातान;19यहोयारीबका मत्तनै; यदायाहका उज्जी;20सल्लूका कल्लै; आमोकका एबेर;21हिल्कियाहका हशब्याह; यदायाहका नथनिएल।22एल्यासीब, यहोयादा, योहानान र यद्दूआका साथै पुजारीहरूको पनि समयमा लेवीहरूका परिवारका अगुवाहरू परसीयाका राजा दाराको शासनकालमा दर्ता गरिएका थिए।23एल्यासीबका छोरा योहानानको समयसम्मका लेवीका सन्तानहरूका परिवारका अगुवाहरू इतिहासको पुस्तकमा लेखिएका थिए।24लेवीहरूका अगुवाहरू यिनीहरू नै थिएः हशब्याह, शेरेबियाह, कदमिएल छोरा येशूआ र तिनीहरूका सहयोगीहरू, परमेश्वरका जन दावीदले तोकिदिएअनुसार तिनीहरू पालैपालो धन्यवाद र प्रशंसा चढाउन एक दल अर्को दलको सामु खडा हुन्थे।25मत्तन्याह, बक्बुक्याह, ओबदियाह, मशुल्लाम, तल्मोन र अक्कूबचाहिँ द्वारपालहरू थिए, जो मूलढोकाहरूका भण्डार कोठाहरूमा पहरा दिन्थे।26तिनीहरूले येशूआका छोरा, योसादाकका नाति योयाकीमको पालोमा र राज्यपाल नहेम्याह र पुजारी शिक्षक एज्राका पालामा सेवा गरेका थिए।