इयोब9

इयोबको संवाद

1तब इयोबले यस्तो जवाफ दिए:2“वास्तवमा यो कुरा सत्य हो भनी म जान्दछु।तर परमेश्‍वरको सामु मरणशील मानिसले आफूलाई कसरी निर्दोष साबित गर्न सक्छ र?3उहाँसँग कसैले वाद-विवाद गर्न चाह्‍यो भने तापनिमानिसहरूले उहाँलाई हजारौँमा एउटाको पनि जवाफ दिन सक्दैनन्।4उहाँको बुद्धि अथाह र उहाँको शक्ति विशाल छ।उहाँको विरोध गरेर को उम्केको छ, र हानिविना आएको छ?5उहाँले पहाडहरूलाई तिनीहरूले चालै नपाई हटाउनुहुन्छ,अनि उहाँले आफ्नो रिसमा तिनीहरूलाई पल्टाइदिनुहुन्छ।6परमेश्‍वरले पृथ्वीलाई त्यसको ठाउँबाट हल्‍लाइदिनुहुन्छ,र त्यसका खम्बाहरू थरथर काँप्छन्।7उहाँले सूर्यलाई आज्ञा गर्नुहुन्छ, र त्यसले प्रकाश दिँदैन;उहाँले ताराहरूको चमकलाई बन्द गर्नुहुन्छ।8उहाँ एकलैले आकाशहरूलाई फैलाउनुहुन्छ,र समुद्रका छालहरूमाथि कुल्चनुहुन्छ।9उहाँ सप्‍तर्षि, मृगशिरा,किरकिटी नक्षत्रहरू र दक्षिणका तारामण्डलहरूका सृष्‍टिकर्ता हुनुहुन्छ।10उहाँले हाम्रा समझशक्तिभन्दा बाहिरका अद्‌भुत कार्यहरूर अनगन्ती अचम्मका कामहरू गर्नुहुन्छ।11जब उहाँ मेरो छेउबाट भएर जानुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ;उहाँ मेरै छेउबाट भएर जानुहुँदा पनि म थाहा पाउँदिनँ।12यदि उहाँले कसैबाट केही खोस्‍नुभयो भने, कसले उहाँलाई रोक्न सक्छ र?कसले उहाँलाई ‘तपाईंले यो के गर्दै हुनुहुन्छ?’ भनेर सोध्न सक्छ र?13परमेश्‍वरले आफ्नो रिस थाम्नुहुन्‍न;राहाबका  सहयोगीहरूले समेत उहाँको पाउमा झुक्छन्।
14“त्यसो हो भने म कसरी उहाँसँग वाद-विवाद गर्न सक्छु र?उहाँसँग बहस गर्ने शब्दहरू म कसरी भेट्टाउन सक्छु र?15यद्यपि म निर्दोष भए तापनि मैले उहाँलाई जवाफ दिन सक्दिनँ;म मेरा न्यायाधीससँग कृपाको निम्ति बिन्ती मात्र गर्न सक्छु।16यदि मैले उहाँलाई बोलाएँ, र उहाँले जवाफ दिनुभए तापनिउहाँले मेरो कुरा सुन्‍नुहुन्छ भनी म विश्‍वास गर्दिनँ।17उहाँले मलाई आँधीबेहरीले आक्रमण गर्नुहुन्छ,र कारणविना मेरा चोटहरू बढाइदिनुहुन्छ।18उहाँले मलाई फेरि सास फेर्न पनि दिनुहुन्‍न,तर दुःखले मलाई व्याकुल पारिदिनुहुन्छ।19यदि शक्तिकै कुरा गर्ने हो भने उहाँ शक्तिशाली हुनुहुन्छ!र यदि न्यायको कुरा हो भने कसले उहाँलाई चुनौती दिन सक्छ?20म इमानदार भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ;म दोषरहित भए तापनि उहाँले मलाई दोषी ठहराउनुहुनेछ।
21“यद्यपि म दोषरहित छु,मलाई मेरो आफ्नो कुनै वास्ता छैन;म आफ्नै जीवनलाई तुच्छ ठान्छु।22सबै कुरा एउटै हो; त्यसैले म भन्दछु,‘उहाँले निर्दोष र दुष्‍ट मानिस दुवैलाई नाश गर्नुहुन्छ।’23ठूलो विपत्तिले अचानक मृत्यु ल्याए तापनिनिर्दोष मानिसको बिजोग देखेर उहाँ हाँस्‍नुहुन्छ।24जब दुष्‍ट मानिसको हातमा देश पर्छ;यसका न्यायकर्ताहरूलाई उहाँले अन्धा तुल्याइदिनुहुन्छ।यदि यसो गर्नुहुने उहाँ होइन भने अरू को होला त?
25“मेरा दिनहरू त धावक दौडिएको भन्दा पनि छिटो दौडिरहेका छन्;आनन्दको झलकविना नै ती उडेर जान्छन्।26निगालाको डुङ्गा पानीमा सलल बगेझैँ,र चीलहरू आफ्नो शिकारमाथि वेगले झम्टिएझैँ, मेरा दिनहरू बितिरहेका छन्।27‘तपाईंप्रतिको मेरो गुनासो बिर्सनेछु,म आफ्नो अनुहारको उदासीपनलाई हटाएर मुस्कुराउँनेछु,’ भनि मैले भने तापनि28आफूले भोगेका सबै कष्‍टहरूको कारण झन् म डराउँछु;किनकि म जान्दछु, तपाईंले मलाई निर्दोष ठहराउनुहुनेछैन।29म पहिले नै दोषी ठहराइएको छु भनेमैले किन आफूलाई निर्दोष साबित गर्ने व्यर्थमा कोसिस गरूँ?30यदि मैले आफूलाई हिउँले  नुहाएँ भने पनि,र मेरा हात खरानी पानीले धोएँ तापनि31तपाईंले मलाई हिले खाडलमा चोप्नुहुन्छ,जसले गर्दा मेरा लुगाले समेत मलाई घिन मान्‍नेछ।
32“किनकि परमेश्‍वर मजस्तै मरणशील मानिस हुनुहुन्‍न,म कसरी उहाँलाई जवाफ दिन सक्छु,अनि हामी अदालतमा एक-अर्कासँग सामना गर्न सक्छौँ।33यदि परमेश्‍वर र मेरो बीचमा मध्यस्थ गर्ने कोही छन् भने,यदि कसैले हामीलाई एकसाथ ल्याउने भइदिए,34परमेश्‍वरको लहुरो मबाट कसैले हटाऊन्,ताकि उहाँको त्रासले मलाई अझ बढी भयभीत नपारोस्।35तब म उहाँको डरविना नै बोल्नेथिएँ,तर अहिलेको मेरो अवस्थामा म सक्दिनँ।