1यसरी ती तीन जना मानिसहरूले इयोबलाई जवाफ दिन छोडे; किनकि तिनी आफ्नै दृष्टिमा धर्मी थिए।2तर रामका परिवारका बूजी बारकेलका छोरा एलिहू इयोबसँग धेरै रिसाए; किनकि तिनले परमेश्वरलाई भन्दा आफूलाई धर्मी ठहराइरहेका थिए।3तिनी तिनका तीन जना मित्रहरूसँग पनि रिसाए; किनकि तिनीहरूले इयोबलाई खण्डन गर्ने कुनै कुरा पाएका थिएनन्, र पनि तिनलाई दोषी नै ठहराइरहेका थिए।4तब इयोब बोलुन्जेल एलिहूले पर्खेर बसे; किनकि तिनीहरू उनीभन्दा बढी उमेरका थिए।5तर ती तीन जना मानिससँग इयोबलाई जवाफ दिन कुनै कुरा नभएको देखेर एलिहूलाई धेरै रिस उठेको थियो।6यसकारण बूजी बारकेलका छोरा एलिहूले भने:“म उमेरमा तपाईंहरूभन्दा कान्छो छु,तर तपाईंहरू मभन्दा पाको हुनुहुन्छ;त्यसैकारण म डराएको थिएँ,अनि मैले जानेका कुराहरू तपाईंहरूलाई भन्न आँट गरेको थिइनँ।7‘पाका उमेरकाहरूले बोल्नुपर्छ,र उमेरमा पाको हुनेहरूले बुद्धिका कुराहरू सिकाउनुपर्छ’ भनी मैले सोचेको थिएँ।8तर यो त मानिसमा हुनुहुने आत्माले;सर्वशक्तिमान्को सासले पो तिनीहरूलाई समझशक्ति दिनुहुँदोरहेछ।9ठूला मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्,न त बुढापाका हुँदैमा सबै ठिक छ भनी बुझेका हुन्छन्।10“यसैकारण म भन्दछु: मेरो कुरा सुन्नुहोस्;म पनि जे जान्दछु, तपाईंहरूलाई त्यही कुराहरू भन्नेछु।11तपाईंहरू बोल्नुहुँदा मैले पर्खेँ,तपाईंहरूले के बोलौँ भनेर शब्दहरू खोज्नुभएको बेला,तपाईंहरूका तर्कहरू मैले ध्यान दिएर सुनिरहेँ।12मैले तपाईंहरूलाई पूरा ध्यान दिएँ।तर तपाईंहरूमध्ये कसैले पनि इयोबको गल्ती प्रमाणित गर्नुभएन;तपाईंहरू कसैले पनि तिनका तर्कहरूको जवाफ दिनुभएन।13तपाईंहरूले यसरी नभन्नुहोस्, ‘हामीले बुद्धि भेट्टाएका छौँ;मानिसले होइन, तर परमेश्वरले तिनको खण्डन गरून्।’14तर इयोबका तर्कहरू मेरो विरुद्धमा थिएनन्;अनि म तिनलाई तपाईंहरूका तर्कहरूले जवाफ दिनेछैनँ।15“तिनीहरू हैरान भए; र तिनीहरू अक्क न बक्क भए;तिनीहरूसँग बोल्नलाई शब्दहरू नै थिएन।16अहिले तिनीहरू जवाफरहित भएर उभिएका छन्;अनि तिनीहरू बोलेनन् भनेर के म पर्खिबसूँ त?17मसँग पनि मैले भन्नुपर्ने कुराहरू छन्;म पनि आफ्नो बिचार राख्नेछु;18किनकि मसँग प्रशस्त शब्दहरू छन्,र मभित्र भएको आत्माले मलाई बाध्य बनाउँछ।19म भित्रभित्रै उकुसमुकुस भएर बिर्को लगाइएको मद्यको बोतलजस्तै भएको छु;फुट्न लागेको नयाँ मद्यको मशकजस्तै भएको छु।20मैले बोल्नैपर्छ; र मन हल्का पार्नैपर्छ;मैले आफ्नो मुख खोल्नैपर्छ र जवाफ दिनैपर्छ।21म पक्षपात गर्नेछैनँ,न त कुनै मानिससँग चापलुसी नै गर्नेछु;22किनकि यदि म चापलुसी गर्न सिपालु भएको भए,मलाई मेरा सृष्टिकर्ताले चाँडै नाश गर्नुहुनेथियो।