1तब बिल्दद शुहीले यस्तो जवाफ दिए:2“तपाईंले यी भाषणहरू कहिले समाप्त गर्नुहुन्छ?संवेदनशील हुनुहोस् र मात्र हामी कुरा गर्न सक्छौँ।3हामीलाई किन पशुझैँ व्यवहार गर्नुहुन्छ,र तपाईंको दृष्टिमा हामीलाई मूर्ख सोच्नुहुन्छ?4तपाईं जसले आफ्नो रिसमा स्वयम्लाई टुक्रा-टुक्रा पार्नुभएको छ;के तपाईंको खातिर पृथ्वीलाई त्यागिदिने?अथवा के चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने?5“दुष्ट मानिसको बत्ती निभाइन्छ;त्यसको आगोको ज्वाला बल्न छोड्छ।6त्यसको पालमा भएको उज्यालो अँध्यारो हुन्छ;त्यसको छेउमा भएको बत्ती निभेर जान्छ।7त्यसको बलियो पाइला कमजोर हुन्छ;त्यसका आफ्नै युक्तिहरूले त्यसलाई लडाइदिन्छन्।8त्यसका खुट्टाले त्यसलाई पासोमा पार्छ;त्यो त्यसको फन्दामा भौँतारिन्छ।9धरापले त्यसको कुर्कुच्चामा पक्रन्छ;पासोले त्यसलाई जोडसित समातेर राख्छ।10त्यसका निम्ति एउटा पासो जमिनमा लुकाइएको छ;त्यसका बाटोमा एउटा धराप थापिएको छ।11त्यसलाई त्रासले चारैतिरबाट तर्साउँछ,र त्यसको हरेक पाइलालाई खेद्दछ।12विपत्ति त्यसको निम्ति भोकाएको छ;जब त्यो लड्छ, तब प्रकोपले त्यसलाई पर्खिरहेको हुन्छ।13रोगले त्यसका छालाका भागहरू खाइदिन्छ;मृत्युको पहिलो सन्तानले त्यसका अङ्गहरू निल्दछ।14त्यसको पालको सुरक्षाबाट त्यसलाई टाढा लैजान्छ;र आतङ्कहरूको राजाकहाँ लगिन्छ।15त्यसको पालमा आगोले बास गर्छ,त्यसका वासस्थानमा बल्दैगरेको गन्धक छरिएको छ।16तल फेदमा त्यसका जराहरू सुकेर जान्छन्,र माथि त्यसका हाँगाहरू बोटमै ओइलिएर जान्छन्।17त्यसको सम्झना पृथ्वीबाटै मेटिएर जानेछ;देशमा त्यसको नामनिशानै रहनेछैन।18त्यसलाई उज्यालोबाट अन्धकारमा धपाइनेछर त्यसलाई संसारबाटै निकालिनेछ।19त्यसका मानिसहरूको बीचमा त्यसका कुनै सन्तानहरू अथवा वंशहरू छैनन्;एक समय जहाँ त्यो बसेको थियो, त्यहाँ बाँचेकाहरू कोही पनि छैनन्।20त्यसको दशामा पश्चिमका मानिसहरू चकित हुनेछन्;र पूर्वका मानिसहरू त्रसित हुनेछन्।21साँच्चै दुष्ट मानिसको घरको दशा यस्तै हुनेछ;परमेश्वरलाई नचिन्नेहरूको घरको दशा पनि यस्तै हुनेछ।”