1तब इयोबले जवाफ दिए:2“मैले यस्ता धेरै कुराहरू सुनेको छु;तपाईंहरू सबै दुःखको सान्त्वना दिनेहरू हुनुहुन्छ!3तपाईंहरूको वाहियात भाषणहरूको अन्त्य कहिल्यै हुँदैन?के कुराले गर्दा तपाईंहरू बहस गरिरहनुहुन्छ?4यदि तपाईंहरू मेरो ठाउँमा हुनुभएको भए,म पनि तपाईंहरूजस्तै बोल्न सक्नेथिएँ,म तपाईंहरूको विरुद्धमा असल भाषण दिन सक्नेथिएँ;र तपाईंहरूको विरुद्धमा आफ्नो टाउको हल्लाउँदै हाँसो उडाउने थिएँ।5तर मेरो मुखले तपाईंहरूलाई हौसला दिन्थ्यो;मेरा ओठको सान्त्वनाले तपाईंहरूलाई आराम दिने थियो।6“मैले बोले तापनि मेरो दुःख कम हुँदैन;र म नबोल्दा पनि मेरो पीडा घट्दैन।7साँच्चै नै परमेश्वर, तपाईंले मलाई थकित पार्नुभएको छ;तपाईंले मेरो पूरै परिवारलाई उजाड पार्नुभएको छ।8तपाईंले मलाई हाड र छाला मात्र बनाउनुभएको छ,र यो मेरो विरुद्ध एउटा साक्षी भएको छ;म दुब्लो र पातलो भएको कारणले यसले मेरो विरुद्ध साक्षी दिन्छ।9परमेश्वरले आफ्नो क्रोधमा मलाई छिन्नभिन्न पार्नुहुन्छ र घृणा गर्नुहुन्छ;र उहाँले मेरो विरुद्धमा दाह्रा किट्नुहुन्छ;मेरो शत्रुले मलाई आँखा तरेर हेर्छ।10मानिसहरूले मलाई जिस्काउन आफ्ना मुख खोल्छन्;तिनीहरूले मलाई खिसी गर्दै मेरो गालामा हिर्काउँछन्,र मेरो विरुद्धमा एकमत हुन्छन्।11परमेश्वरले मलाई अधर्मीहरूका हातमा सुम्पिदिनुभएको छ,र मलाई दुष्टहरूका पासोमा फ्याँकिदिनुभएको छ।12सबै कुरा मसँग ठिकठाक थियो,तर उहाँले मलाई चकनाचुर पार्नुभएको छ;उहाँले मलाई गर्दनमा पक्रनुभयो र चुर-चुर पार्नुभयो।उहाँले मलाई आफ्नो निशाना बनाउनुभएको छ;13उहाँका धनुर्धारीहरूले मलाई चारैतिरबाट घेरेका छन्।उहाँले दया नदेखाई मेरा मिर्गौलाहरू छेड्नुहुन्छ,र मेरो पित्त भुइँमा पोखाउनुहुन्छ।14उहाँ पटक-पटक ममाथि आइलाग्नुहुन्छ;उहाँ एक योद्धाझैँ मलाई झम्टिनुहुन्छ।15“मैले मेरो छालामाथि भाङ्ग्रा सिलाएको छु,र मैले मेरो सम्मान धुलोमा गाडेको छु।16रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ,मेरो आँखाको वरिपरि कालो छायाले घेरेको छ;17तापनि मेरा हातहरूले हिंसा गरेका छैनन्,र मेरो प्रार्थना शुद्ध छ।18“हे पृथ्वी, मेरो रगतलाई नछोप्;मेरो रोदनले कहिल्यै विश्राम नपाओस्!19अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ;मेरो अधिवक्ता उच्चमा हुनुहुन्छ।20मेरा आँखाले परमेश्वरको सामु धरधरी आँसु झार्दामेरो मध्यस्थ मेरा मित्र हुन्छन्;21एक व्यक्तिले मित्रको पक्षमा बिन्ती गरेझैँ,उसले मानिसको पक्षबाट परमेश्वरसँग बिन्ती गर्दछ।22“थोरै वर्ष बितेर गइसकेपछि,म त्यो बाटो जानेछु, जहाँबाट म फेरि फर्कनेछैनँ।