उत्पत्ति5

आदमदेखि नोआसम्मको वंशावली

1आदमको वंशको विवरण यही हो:
जब परमेश्‍वरले मानिस जातिलाई सृष्‍टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो।
2उहाँले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो, र तिनीहरूलाई आशिष् दिनुभयो। तिनीहरूको सृष्‍टि हुँदा उहाँले तिनीहरूलाई “मानिस जाति”नाम दिनुभयो।
3आदम 130 वर्षको हुँदा, तिनीजस्तै तिनको आफ्नै स्वरूपमा एउटा छोरा भयो, र तिनले त्यसको नाम शेत राखे।4शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।5आदम जम्मा 930 वर्षसम्म बाँचे; अनि तिनी मरे।6शेतको उमेर 105 वर्षको हुँदा, तिनी एनोशका पिता भए।7तिनी एनोशका पिता भएपछि शेत 807 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी पनि जन्मिए।8शेत जम्मा 912 वर्षसम्म बाँचे; अनि तिनी मरे।9एनोशको उमेर 90 वर्षको हुँदा, तिनी केनानका पिता भए।10अनि तिनी केनानका पिता भएपछि, एनोश 815 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी भए।11एनोश जम्मा 905 वर्षसम्म बाँचे; अनि तिनी मरे।12केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए।13अनि तिनी महलालेलका पिता भएपछि, केनान 840 वर्ष बाँचे; र तिनका अरू छोराछोरी जन्मिए।14केनान जम्मा 910 वर्षसम्म बाँचे; अनि तिनी मरे।15महलालेलको उमेर 65 वर्षको हुँदा, तिनी येरेदका पिता भए।16अनि तिनी येरेदका पिता भएपछि, महलालेल 830 बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।17महलालेल जम्मा 895 वर्षसम्म बाँचे; अनि तिनी मरे।18येरेदको उमेर 162 वर्षको हुँदा, तिनी हनोकका पिता भए।19अनि तिनी हनोकका पिता भएपछि येरेद 800 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।20येरेद जम्मा 962 वर्षसम्म बाँचे, र तिनी मरे।21हनोकको उमेर 65 वर्षको हुँदा, तिनी मतूशेलहका पिता भए।22अनि तिनी मतूशेलहका पिता भएपछि हनोक परमेश्‍वरसित 300 वर्ष विश्‍वासयोग्य भएर बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।23हनोक जम्मा 365 वर्षसम्म बाँचे।24हनोक परमेश्‍वरसित विश्‍वासयोग्य भएर बाँचे। अनि तिनी अलप भए; किनकि परमेश्‍वरले तिनलाई उठाइलैजानुभयो।25मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए।26अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।27मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे।28लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो।29अनि तिनले यसो भनेर त्यसको नाम नोआराखे, “याहवेहले श्राप दिनुभएको भूमिमा हाम्रा हातले गरेको काम र कष्‍टदायक परिश्रममा यसले हामीलाई सान्त्वना दिनेछ।”30नोआ जन्मेपछि लेमेक 595 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।31लेमेक जम्मा 777 वर्षसम्म बाँचे; अनि तिनी मरे।32नोआ 500 वर्ष पुगेपछि तिनी शेम, हाम र येपेतका पिता भए।