उत्पत्ति2
1यसरी आकाशमण्डल, पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसकिए।2परमेश्वरले सातौँ दिन हुँदासम्म आफूले गरिरहनुभएका काम सक्नुभयो; अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।3अनि परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो; किनकि यही दिन नै उहाँले सृष्टि गर्नुभएका सम्पूर्ण कामबाट विश्राम लिनुभयो।