1परमेश्वरका जन मोशाले आफ्नो मृत्युभन्दा अगि इस्राएलीहरूलाई दिएका आशीर्वाद यही हो।2तिनले भने:“याहवेह सीनै पर्वतबाट आउनुभयो,र तिनीहरूमाथि सेइरमा झुल्कनुभयो;उहाँ पारान पर्वतबाट चम्कनुभयो।उहाँको पर्वतको ओरालो,दक्षिणबाट दशौँ हजार पवित्र जनहरूसँग उहाँ आउनुभयो।3निश्चय नै तपाईं, जसले मानिसहरूलाई प्रेम गर्नुहुन्छ;सबै पवित्र जनहरू तपाईंका हातमा छन्।तिनीहरू सबै तपाईंको पाउमा दण्डवत् गर्नेछन्;र तपाईंबाट नै अर्तीहरू प्राप्त गर्दछन्।4याकोबका मानिसहरूका सम्पत्ति भनेको नैमोशाले हामीलाई दिएका व्यवस्थाहरू हुन्।5उहाँ यशूरूनमाथि राजा हुनुहुन्थ्यो,जब इस्राएलका कुलहरूको साथमामानिसहरूका अगुवाहरू भेला भएका थिए।6“रूबेन बाँचिरहून्, र कहिल्यै नमरून्;न त त्यसका मानिसहरू थोरै होऊन्।”7अनि यहूदाको बारेमा तिनले यो भने:“हे याहवेह यहूदाको पुकार सुन्नुहोस्;त्यसलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्;त्यसले आफ्नै हातले आफ्नो रक्षा गर्छ।हे प्रभु, त्यसका शत्रुहरूको विरुद्धमा त्यसको सहायक हुनुहोस्!”8लेवीको बारेमा तिनले भने:“तपाईंको तुम्मीम र ऊरीमतपाईंको विश्वासयोग्य सेवकका हुन्।तपाईंले त्यसलाई मस्साहमा जाँच्नुभयो;तपाईंले त्यससँग मेरीबाको पानीमा लड्नुभयो।9त्यसले आफ्नो बुबा र आमालाई भन्यो,‘म तिनीहरूको कुनै वास्ता गर्दिनँ।’त्यसले आफ्ना दाजुभाइहरूलाई चिनेन,र आफ्नै छोराछोरीहरूलाई स्वीकार गरेन;तर त्यसले तपाईंको वचनमा ध्यान दियो,र तपाईंको करारको रक्षा गर्यो।10त्यसले याकोबलाई तपाईंको विधिर इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछ।त्यसले तपाईंको सामु धूपर तपाईंको वेदीमा सम्पूर्ण होमबलि चढाउँछ।11हे याहवेह, त्यसका सबै धनसम्पत्तिहरूमा आशिष् दिनुहोस्,र त्यसका हातका परिश्रमहरूमा प्रसन्न हुनुहोस्।त्यसको विरुद्धमा उठ्ने शत्रुहरूलाई प्रहार गर्नुहोस्,र त्यसका शत्रुहरू फेरि कहिल्यै उठ्न नसकून्!”12बेन्यामीनको बारेमा तिनले भने:“याहवेहको प्रिय उहाँमा सुरक्षित रहून्;किनकि त्यसको दिनभरिको ढाल उहाँ हुनुहुन्छ।अनि याहवेहले प्रेम गर्नुहुनेचाहिँ उहाँका काँधमा विश्राम लिन्छन्।”13योसेफको बारेमा तिनले भने:“याहवेहले त्यसको भूमिलाईमाथि आकाशका बहुमूल्य शीतर तल रहेको गहिरो पानीले आशिष् दिनुहुन्छ;14सूर्यले ल्याउने उत्तम कुराहरूले,र चन्द्रमाबाट प्राप्त हुने अति असल कुराहरूले;15प्राचीन पहाडहरूका मूल्यवान् उपहारहरूले,अनि अनन्तका पर्वतहरूको फलदायक परिपूर्णताले;16पृथ्वीका सर्वोत्तम उपहारहरू र त्यसको प्रसस्ताले,अनि जल्दैगरेको पोथ्रामा बास गर्नुहुनेको कृपाले।यी सबै योसेफको शिरमाथि,तिनका दाजुभाइहरूमध्येका राजकुमारको निधारमा रहून्।17वैभवमा त्यो पहिले जन्मेको साँढेजस्तै छ;त्यसका सिङहरू जङ्गली गोरुका सिङहरूझैँ छन्।ती सिङहरूद्वारा त्यसले जातिहरूलाई हान्नेछ;पृथ्वीका अन्तिम भागसम्म रहेकाहरूलाई पनि,ती सिङहरू एफ्राइमका दश हजारजस्तै छन्;मनश्शेका हजारौँ-हजारझैँ छन्।”18जबूलूनको बारेमा तिनले भने:“जबूलून, तँ बाहिर जाँदा आनन्द गर्,अनि इस्साखार, तँ आफ्नो पालभित्र आनन्द गर्।19तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्।र त्यहाँ धार्मिकताका बलिदानहरू चढाउनेछन्।तिनीहरूले समुद्रका प्रचुरतामार बालुवामा लुकेका गुप्त धनमा भोज गर्नेछन्।”20गादको बारेमा तिनले भने:“गादको राज्य विस्तार गर्ने जन धन्यको हो!गादचाहिँ पाखुरा वा शिर चिथोर्नेसिंहझैँ बस्छ।21त्यसले आफ्ना निम्ति सबैभन्दा असल ठाउँ छान्यो;अगुवाको भाग त्यसका निम्ति राखिएको थियो।जब मानिसहरूका मुख्य व्यक्तिहरू भेला भए,तब त्यसले याहवेहका धार्मिक इच्छार इस्राएल सम्बन्धी उहाँका नीति-नियमहरू कार्यान्वयन गरायो।”22दानको बारेमा तिनले भने:“दान बाशानबाट उफ्रँदै आउनेसिंहको डमरुजस्तै हो।”23नप्तालीको बारेमा तिनले भने:“नप्ताली याहवेहको कृपाको प्रशस्ततामा छ,र त्यो उहाँको आशिष्ले भरिपूर्ण छ।त्यसले गालील तालको दक्षिणतिरको भाग अधिकार गर्नेछ।”24आश्शेरको बारेमा तिनले भने:छोराहरूमध्ये सबैभन्दा आशिषित चाहिँ आशेर हो;त्यसका दाजुभाइहरूले त्यसमाथि कृपा देखाऊन्;र त्यसले आफ्ना पाउ जैतुनको तेलमा चोपोस्।25तेरा मूलढोकाका आग्लाहरू फलाम र काँसो होऊन्।अनि तेरो बलचाहिँ तेरा दिनहरू बराबर होस्।26यशूरूनका परमेश्वरसमान अरू कोही छैन;जो तँलाई सहायता गर्नलाई आकाशबाट आउनुहुन्छ।अनि आफ्नो महिमाको बादलमा सवार गर्नुहुन्छ।27अनन्तका परमेश्वर तेरो शरणस्थान हुनुहुन्छ,र तलतिर चाहिँ अनन्तका बाहुलीहरू तेरो सहारा छन्।उहाँले तेरा शत्रुहरूलाई तेरो सामुबाट धपाउनुहुनेछ।उहाँले भन्नुहुन्छ, “तिनीहरूलाई नष्ट पार्!”28यसकारण इस्राएल सुरक्षित रहनेछ;याकोबको मूल सुरक्षित रहनेछ;अन्न र नयाँ दाखमद्यको देशमा,आकाशबाट शीत झर्ने ठाउँमा।29हे इस्राएल, तँ धन्यको छस्!याहवेहद्वारा बचाइएको,तँजस्तो अरू जाति को छ र?“उहाँ तेरो ढाल र सहायक,अनि तेरा महिमित तरवार हुनुहुन्छ।तेरा शत्रुहरू तेरो सामु डराउनेछन्;अनि तैँले तिनीहरूका अल्गा स्थानहरू टेक्नेछस्।”