1 इतिहास7

इस्साखारका सन्तान

1इस्साखारका छोराहरू: तोला, पुवा, याशूब र शिम्रोन—जम्मा चार जना थिए।2तोलाका छोराहरू: उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल, अर्थात् तिनीहरूका परिवारका अगुवाहरू थिए। दावीदको शासनकालमा तिनीहरूको वंशावलीमा लडाकु मानिसहरू भनी सूचित गरिएका तोलाका सन्तानहरूको संख्या 22,600 थियो।3उज्जीका छोरा: यिज्रयाह थिए। यिज्रयाहका छोराहरू: मिखाएल, ओबदियाह, योएल र यिश्याह थिए। ती पाँचै जना अगुवाहरू थिए।4तिनीहरूका परिवारको वंशावलीअनुसार तिनीहरूसँग युद्धका निम्ति तयार रहेका 36,000 लडाकु मानिसहरू थिए। किनकि तिनीहरूका धेरै पत्नीहरू र छोराछोरीहरू थिए।5अनि तिनीहरूका आफन्तहरूमा भएका लडाकु मानिसहरू, जो इस्साखारका वंशहरूबाट थिए। तिनीहरूका वंशावलीमा सूचित गरिएका सबै मानिसहरू 87,000 थिए।

बेन्यामीनका सन्तान

6बेन्यामीनका तीन छोराहरू: बेला, बेकेर र यदीएल थिए।7बेलाका छोराहरू: एसबोन, उज्जी, उज्जीएल, यरीमोत र इरी, अर्थात् परिवारका अगुवाहरू जम्मा पाँच जना थिए। तिनीहरूका वंशावली विवरणमा 22,034 जना लडाकु मानिसहरूको संख्या थियो।8बेकेरका छोराहरू: जमीरा, योआश, एलीएजर, एल्योएनै, ओम्री, यरेमोत, अबीयाह, अनातोत र आलेमेत थिए। यी सबै जना बेकेरका छोराहरू थिए।9तिनीहरूका परिवारका वंशावलीको विवरणमा अगुवाहरू र लडाकु मानिसहरू 20,200 सूचित थिए।10यदीएलका छोरा: बिल्हान थिए। बिल्हानका छोराहरू: येऊश, बेन्यामीन, एहूद, कनानाह, जेतान, तर्शीश र अहीशहर थिए।11यदीएलका यी सबै छोराहरू परिवारहरूका अगुवाहरू थिए। लडाइँमा जान तयार रहेका 17,200 जना लडाकु मानिसहरू त्यहाँ थिए।12इरका छोराहरू शुप्पी र हुप्पी थिए, र हुशीमहरू अहेरका छोराहरू थिए।

नप्‍तालीका सन्तान

13नप्‍तालीका छोराहरू: यहसेल, गुनी, येसेर र शिल्‍लेम, अर्थात् यिनीहरू बिल्हाका छोराहरू थिए।

मनश्शेका सन्तान

14मनश्शेका सन्तानहरू: अस्रीएलचाहिँ मनश्शेका अरामी उपपत्नीबाट जन्मिएका सन्तान थिए। तिनले गिलादका पिता माकीरलाई पनि जन्माइन्।15माकीरले हुप्पी र शुप्पीहरूमध्येबाट तिनीहरूकी बहिनी माकालाई पत्नी तुल्याए। मनश्शेको अर्को सन्तानको नाम सलोफाद थियो; र सलोफादका छोरीहरू मात्र थिए।16माकीरकी पत्नी माकाले एउटा छोरा जन्माइन्, जसको नाम तिनले पेरेस राखिन्। अनि उसको भाइको नाम शेरेस थियो। अनि पेरेसका छोराहरूचाहिँ ऊलाम र राकेम थिए।17ऊलामका छोरा: बदान थिए। मनश्शेको छोरा माकीर, माकीरका छोरा गिलादका छोराहरू यिनीहरू नै थिए।18गिलादकी बहिनी हम्मोलेकेतले ईशोद, अबीएजेर र महलालाई जन्माएकी थिइन्।19शमीदाका छोराहरू: अहियन, शेकेम, लिखी र अनीआम थिए।

एफ्राइमका सन्तान

20एफ्राइमका सन्तानहरू: एफ्राइमका छोरा शूतेलह, शूतेलहका छोरा बेरेद, बेरेदका छोरा तहत, तहतका छोरा एलादा, एलादाका छोरा तहत,21तहतका छोरा जाबाद र जाबादका छोरा शूतेलह थिए। (एसेर र एलादचाहिँ गातका मानिसहरूका बस्तुभाउ लुट्न जाँदा, त्यहाँका स्थानीय बासिन्दाहरूद्वारा मारिएका थिए।22तिनीहरूका पिता एफ्राइमले तिनीहरूका निम्ति धेरै दिनसम्म शोक गरे। अनि तिनका आफन्तहरू तिनलाई सान्त्वना दिन आए।23त्यसपछि एफ्राइमले आफ्नी पत्नीसँग फेरि सहवास गरे। तब तिनी गर्भवती भइन्, र एउटा छोरा जन्माइन्; जसको नाम तिनले बेरियाह राखे; किनकि तिनको परिवारमा विपत्ति आएको थियो।24एफ्राइमकी छोरी शेराह थिइन्, जसले माथिल्‍लो र तल्‍लो बेथ-होरोन र उज्जेन-शेराह नगरहरू निर्माण गरेकी थिइन्।)25एफ्राइमका छोरा रपाह थिए, जसका छोरा रेशेप, जसका छोरा तेलह, जसका छोरा तहन,26जसका छोरा लादान, जसका छोरा अम्मीहूद, जसका छोरा एलिशामा,27जसका छोरा नुन, अनि नूनका छोरा यहोशू थिए।28तिनीहरूको जमिन र बसोबास गरेका ठाउँहरूमा दक्षिणतिर बेथेल र त्यसका चारैतिरका बस्तीहरू, पूर्वतिर नारान, पश्‍चिमतिर गेजेर र त्यसका बस्तीहरू, उत्तरतिर अय्याह र त्यसका बस्तीहरूसमेत शेकेमसम्म नै र त्यसका बस्तीहरू सामेल थिए।29मनश्शेका सिमानाहरू बेथ-शान, तानाक, मगिद्दो, डोर र तिनीहरूका बस्तीहरूसमेत थिए। इस्राएलका छोरा योसेफका सन्तानहरू यिनै नगरहरूमा बस्थे।

आशेरका सन्तान

30आशेरका छोराहरू: यिम्ना, यिश्‍वा, यिश्‍वी र बेरियाह थिए। तिनीहरूकी बहिनी सेरह थिइन्।31बेरियाहका छोराहरू: हेबेर र मल्कीएल, जो बिर्जेतका पिता थिए।32हेबेरचाहिँ येप्लेत, शोमेर, होताम र तिनीहरूकी बहिनी शूआका पिता थिए।33येप्लेतका छोराहरू: पासक, बिम्हाल र अश्‍वात थिए। यिनीहरू येप्लेतका छोराहरू थिए।34शोमेरका छोराहरू: अही, रोहगा, हूब्बा र अराम थिए।35शोमेरका भाइ हेलेमका छोराहरू: सोपह, यिम्ना, शेलेश र आमाल थिए।36सोपहका छोराहरू: सूह, हर्नेपेर, शूआल, बेरी, यिम्राह,37बेसेर, होद, शम्मा, शिल्शा, यित्रान र बेरा थिए।38येतेरका छोराहरू: यपून्‍ने, पिस्पा र अरा थिए।39उल्‍लाका छोराहरू: अराह, हन्‍नीएल र रिसिया थिए।40आशेरका यी सबै सन्तानहरू—परिवारहरूका मुखियाहरू, चुनिएका मानिसहरू, वीर योद्धाहरू र विशिष्‍ट अगुवाहरू थिए। लडाइँमा जान सक्ने मानिसहरूको संख्या तिनीहरूको वंशावलीको सूचीअनुसार, 26,000 थिए।