1 इतिहास5
रूबेनका सन्तान
1इस्राएलका जेठा छोरा रूबेन थिए, (तिनी जेठो छोरा भए तापनि तिनले आफ्ना पिताकी उपपत्नीसँग शारीरिक सम्बन्ध राखेर आफ्ना पिताको वैवाहिक ओछ्यानलाई अशुद्ध पारिदिएका हुनाले तिनको जेष्ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो। यसकारण तिनलाई वंशावलीको सूचीमा जेठो छोरा गनिएको छैन।2यहूदा आफ्ना दाजुभाइहरूमध्ये सबैभन्दा बलियो र तिनीबाट नै शासक आएको भए तापनि ज्येष्ठ अधिकारचाहिँ योसेफको भयो)।3इस्राएलका जेठा छोरा रूबेनका छोराहरू:हानोक, पल्लू, हेस्रोन र कर्मी।4योएलका सन्तानहरू: योएलका छोरा शमायाह, शमायाहका छोरा गोग, गोगका छोरा शिमी,5शिमीका छोरा मीका, मीकाका छोरा रायाह, रायाहका छोरा बाल,6बालका छोरा बीराह, जसलाई अश्शूरका राजा तिग्लत-पिलेसेरले कैद गरेर लगेका थिए। बेराचाहिँ रूबेनीहरूका अगुवा थिए।7तिनीहरूका वंशावलीमा वंशअनुसार सूचित गरिएका तिनीहरूका आफन्तहरू: यीएल, जो मुखिया थिए; जकरिया,8अनि अजाजका छोरा बेला, जो शेमाका नाति र योएलका पनाति थिए।
तिनीहरू अरोएरदेखि नेबो र बाल-मोनसम्म फैलिएको क्षेत्रमा बसोबास गरे।9तिनीहरूले पूर्वपट्टि यूफ्रेटिस नदीसम्म फैलिएको उजाडस्थानको किनारको जमिनसम्म नै कब्जा गरे। किनकि गिलादमा तिनीहरूका गाईबस्तुको संख्या बढेको थियो।10शाऊलको शासनकालमा रूबेनीहरूले हग्रीहरूको विरुद्धमा युद्ध गरे। तिनीहरूले हग्रीहरूलाई परास्त गरे। अनि तिनीहरूले गिलादको पूर्वपट्टि हग्रीहरूका सम्पूर्ण इलाकामा रहेका छाउनीहरूलाई कब्जा गरे।