1 इतिहास26
द्वारपालहरू
1द्वारपालहरूका दलहरू यस प्रकारका थिए:कोरहवंशीहरूबाट: मेशेलेम्याह कोरेका छोरा, जो आसापका छोराहरूमध्ये एक थिए।2मेशेलेम्याहका छोराहरू: पहिलो छोरो जकरिया, दोस्रो यदीएल, तेस्रो जबदियाह, चौथो यत्नीएल,3पाँचौँ एलाम, छैटौँ यहोनान र सातौँ एल्यहोएनै।4ओबेद-एदोमका पनि छोराहरू थिए: पहिलो शमायाह, दोस्रो यहोजाबाद, तेस्रो योआ, चौथो साकार, पाँचौँ नथनिएल,5छैटौँ अम्मीएल, सातौँ इस्साखार र आठौँ पुल्लतै। (किनकि परमेश्वरले ओबेद-एदोमलाई आशिष् दिनुभएको थियो।)6ओबेद-एदोमका छोरा शमायाहका पनि छोराहरू थिए, जो आफ्ना पिताका परिवारमा अगुवाहरू थिए; किनकि तिनीहरू धेरै योग्यता भएका मानिसहरू थिए।7शमायाहका छोराहरू: ओत्नी, रपाएल, ओबेद र एल्जाबाद; तिनका आफन्तहरू एलीहू र समक्याह पनि योग्यता भएका मानिसहरू थिए।8यी सबै ओबेद-एदोमका सन्तान थिए; तिनीहरू र तिनीहरूका छोराहरू र तिनीहरूका आफन्तहरू शक्तिशाली थिए। ओबेद-एदोमका सन्तानहरू जम्मा 62 जना थिए।9मेशेलेम्याहका छोराहरू र आफन्तहरू, जो योग्य मानिसहरू थिए। तिनीहरू जम्मा 18 जना थिए।10मरारी होसाका छोराहरू: पहिलो शिम्री, (यद्यपि तिनी जेठो छोरा नभए तापनि तिनका पिताले तिनलाई अगुवा तुल्याएका थिए);11दोस्रो हिल्कियाह, तेस्रो तबल्याह र चौथो जकरिया। होसाका छोराहरू र आफन्तहरू जम्मा 13 जना थिए।12द्वारपालहरूका दलहरूका यी अगुवाहरूद्वारा याहवेहको भवनमा आफ्ना आफन्तहरूले सेवा गरेझैँ तिनीहरूलाई पनि सेवा गर्न भनी जिम्मेवारी दिइएका थिए।13जवान वा वृद्ध, आफ्ना घरानाअनुसार हरेक मूलढोकाका निम्ति चिट्ठा हाले।14पूर्वपट्टिको मूलढोकाको चिट्ठा शेलेम्याहलाई पर्यो। त्यसपछि उत्तरपट्टिको मूलढोकाको चिट्ठा शलेम्याहका छोरा जकरियालाई पर्यो, जो बुद्धिमान् सल्लाहकार थिए।15दक्षिणपट्टिको मूलढोकाको चिट्ठा ओबेद-एदोमलाई पर्यो, र भण्डारको चिट्ठाचाहिँ ओबेद-एदोमका छोराहरूलाई पर्यो।16पश्चिमपट्टिको मूलढोका र माथिल्लो बाटोको शल्लेकेत मूलढोकाको चिट्ठा शुप्पीम र होसालाई पर्यो।
एउटा पहरेदार अर्को पहरेदारको छेउमा उभिन्थे:17पूर्वपट्टि प्रत्येक दिन छ जना लेवीहरू पहरा बस्थे; उत्तरपट्टि प्रत्येक दिन चार जना, दक्षिणपट्टि प्रत्येक दिन चार जना र भण्डार कोठामा चाहिँ एकै पटकमा दुई-दुई जना पहरेदार खटिएका थिए।18पश्चिमपट्टि चोकतिरको बाटोमा चार जना र चोकमा चाहिँ दुई जना खटिएका थिए।19कोरह र मरारीका सन्तानहरूमा द्वारपालका दलहरू यिनै थिए।